चीनमा पनि बढ्न थाले पुन: काेराेना संक्रमित

काठमाडौं । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै चीनमा कोरोनाका १८२ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमतिमध्ये धेरै मात्रामा साङ्सी प्रान्तमा भएको समाचारमा जनाइएको छ । त्यस्तै १५ जना मात्र संक्रमित बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ संक्रमित भेटिने क्रम बढ्दै गएको छ ।

स्थानीय नागरिकमा नै संक्रमण बढेकाले चीन पनि पछिल्लो समयमा कोरोनाका संक्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारण चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१