बेलायतमा एकैदिन १ लाख ८३ हजारभन्दा बढी काेराेना संक्रमित फेला

काठमाडाैं । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

बेलायतमा मंगलबार कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएकाे समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो । यसअघि सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा सङ्क्रमण भेटिएको बताइएको थियो । मङ्गलबार बेलायतमा कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ ।

बेलायतमा हालसम्म १ करोड २५ लाख भन्दा बढी सङ्क्रमित पाइएका छन् । त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।

पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१