काठमाडौं । काेराेना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएपछि यो भेरियन्ट २२ राज्यमा फैलिएको हो ।
शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । भारतमा ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ ।
ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै दिल्लीमा छन् । त्यहाँ हालसम्म २६३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको महाराष्ट्रमा ओमिक्रोनका संक्रमितको संख्या २५२ जना पुगेको छ ।
बिहारमा पनि शुक्रबार एक जनामा ओमिक्राेन भेरियन्ट संक्रमण पुष्टि भएकाे छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा तेस्रो लहर सुरु भएको बताएका छन् ।