२ सय ३५ जना काेराेना संक्रमित थपिए, ४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा शुक्रबार २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ८ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार १ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै, थप २ सय १२ संक्रमित निको हुँदा हालसम्म ८ लाख ११ हजार ९ सय ५८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ८ हजार ७९ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१