जम्मु-कश्मिरस्थित मन्दिरमा भागदाैड : कम्तीमा १२ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

काठमाडौं । भारत प्रशासित जम्मु-कश्मिरस्थित माता वैष्णोदेवी मन्दिरमा नयाँ वर्षको दिन श्रद्धालुहरुको अत्यधिक भिडभाडमा भागदौड मच्चिएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भागदौडमा परी १२ जनाको मृत्यु भएको छ । २० जना घाइते भएकाे बताइएकाे छ ।

यो दुर्घटना बिहान पौने तीन बजे भएको थियो । प्रारम्भिक अध्ययनअनुसार एक विवादको कारण मानिसहरुले एकअर्कालाई धकेलाधकेल गर्न लागेका थिए । यसैक्रममा भागदौड सुरु भएको हो ।

समाचारमा बताइएअनुसार अझै पनि यो घटनामा मृत्यु हुने वा घाइते हुनेको यकिन संख्या आउन सकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यो घटनामा मृत्यु हुनेको परिवारलाई २/२ लाख राहत प्रदान गर्ने र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१