भारतमा ओमिक्राेन भेरियन्टको संक्रमण बढेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि

काठमाडाैं । पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा कोभिड १९ संक्रमण देखिएको छ । भारतमा डेल्टा भेरियन्टसहित ओमिक्राेन भेरियन्टको संक्रमण बढेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ७०० केसहरु पुष्टि भइसकेका छन् ।

सबैभन्दा बढी महाराष्ट्रमा ५१० जनामा ओमोक्रन देखिएको छ । यस्तै, दिल्लीमा ३५१ र केरलामा १५६ जनामा ओमोक्रन देखिएको छ। तमिलनाडुमा १२१ र राजस्थानमा १२० जना ओमिक्रन संक्रमित भेटिएका छन् । हालसम्म भारतका २३ राज्यहरुमा ओमोक्रन पुष्टि भइसकेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३ जनाको मृत्यु भएको छ । हालसम्म ४ लाख ८१ हजार ८९३ संक्रमितको भारतमा मृत्यु भइसकेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१