थप ३ सय २६ जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र २ हजार ७ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै, थप २ सय ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ६ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सक्रिय संक्रमित आइशोेलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१