भारतमान एकैदिन फेला परे ३७ हजार बढी काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जना कोभिड १९ संक्रमित फेला परेका छन् । ११ हजार ७ जना संक्रमण मुक्त भएका छन् ।

भारतमा डेल्टा र ओमिक्रन भेरियन्ट फैलिएपछि संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको हो । सोमबार ३३ हजार बढीमा संक्रमण देखिएको थियो । त्यो संख्या दैनिक पुष्टि भएका संक्रमितको संख्यामा ५ गुणा बढी थियो ।

यस्तै, संक्रमणका कारण थप १२४ जनाको मृत्यु भएकाे छ । कुल मृतकको संख्या ४ लाख ८२ हजार १७ पुगेको छ ।

संक्रमितको संख्या बढेपछि विभिन्न राज्यहरुले प्रतिबन्धहरु लागू गर्न सुरु गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१