थप ३ सय ९३ जनामा कोरोना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ७ सय ९४ पिसिआर परिक्षणका क्रममा ३ सय ५५ जना र १ हजार ५ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार ९ सय ५० पुगेको छ ।

त्यस्तै, कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ६३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ८ लाख १२ हजार ९ सय ३७ निको भएका छन् ।

हाल नेपालमा ५ हजार ९४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७