चीनकाे सियानमा लकडाउन असर : ग्याजेट र चुरोटसँग खानेकुरा साट्दै स्थानीय

काठमाडाैं । ओमिक्रोन भेरियन्ट देखा परेपछि पुन: लकडाउन भएकाे चीनकाे सियान शहरमा खानेकुरा अभाव भएको छ । खानेकुरा अभावका कारण पछिल्लो समय क्वारेन्टिनमा रहेका स्थानीयहरुले विभिन्न वस्तुसँग तरकारी र फलफूललगायत खानेकुरा साटिरहेका छन् ।

शहरमा खानेकुरा अभाव भएपछि क्वारेन्टिनमा रहेका स्थानीयहरुले चुरोटसँग बन्दा, भाँडा माझ्ने लिक्विडसँग स्याउ, स्यानिटरी प्याडसँग अन्य तरकारी र विभिन्न ग्याजेटसँग अन्य खानेकुरा साटिरहेको पोष्ट चिनियाँ सामाजिक सञ्जाल वेइवोमा यतिबेला भाइरल भएकाे छ।

सियान शहरमा गएको डिसेम्बर २३ मा लकडाउन लागेपछि करिब १ करोड ३० लाख मानिसहरु घरभित्रै बस्न बाध्य छन् । घरभित्रै बस्न बाध्य मानिसले खानेकुरा किन्न बाहिर निस्कनसमेत पाएका छैनन् । त्यहाँका सरकारी अधिकारीहरुले विभिन्न घरमा निशुल्क खानेकुरा उपलब्ध गराइरहेका छन् । तर शहरका कैयौँ मानिसले उक्त सेवा लिन नसक्दा आफूसँग भएका विभिन्न वस्तुहरु खानेकुरासँग साटिरहेको बताएका छन् ।

सियानमा पछिल्लो समय सबैभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१