राष्ट्रियसभा निर्वाचन : लोसपाका सरदारको उम्मेदवारी खारेज

जनकपुरधाम। राष्ट्रिय सभा चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।

लोसपाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका श्यामसुन्दर सरदारको उम्मेदवारी प्रदेश निर्वाचन आयोगको कार्यालयले खारेज गरेको हाे ।

प्रदेश सभाको समानुपातिकतर्फको बन्द सुचीमा उनको नाम रहेको र आर्थिक लाभ लिने पदमा कार्यरत रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।

सप्तरीको कंचनरुप निवासी सरदार प्रदेश २ सरकारले २०७८ फागुन ६ मा गठन गरेको दलित विकास समितिको सदस्यका रुपमा काम गरिरहेका छन् । उनले यो समितिबाट आर्थिक लाभ लिइरहेका छन् ।

राष्ट्रिय सभा निर्वाचन निर्देशिका अनुसार आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदबारी दिन नपाउने व्यवस्था छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१