फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैन : डब्लूएचओ

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ ।

‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१