प्रधानमन्त्री देउवा सहभागी हुने भनिएकाे ‘भाइब्रेन्ट गुजरात’ कार्यक्रम स्थगित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ सम्मेलन स्थगित भएको छ ।

कोभिड-१९ को सङ्क्रमण बढेपछि गुजरात सरकारले सम्मेलन स्थगित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सञ्चार संस्था एएनआईले कोरोनाभाइरसको सङ्क्रमण बढेकाले भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित गरिएको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा १० जनवरीमा भाइब्रेन्ट गुजरात सम्मेलन हुने तय गरिएको थियो । सम्मेलनको मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा पनि आइतबार भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१