थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ६ सय ९६ जना र ३ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाका कारण कसैैको पनि ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ६ जना निको भएका छन् । हाल नेपालमा ६ हजार १ सय ४० सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१