किसान आन्दाेलनमा पक्राउ परेकालाई तत्काल रिहाइ गर्न राजेन्द्र महतोकाे माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले किसान आन्दोलनमाथि सरकारले दमन गरेको भनी भर्त्सना गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गरी उनले वार्ता संवादमार्फत किसानहरुको माग पूरा गर्न सरकारसँग अनुरोध पनि गरेका छन् ।

महतोले किसानको आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ ।’ उनले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘वर्षोंदेखिको समस्याहरु लिएर चिसो मौसममा किसानहरु सडकमा उत्रिन बाध्य भएकोमा किसानहरुको मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पूरा गर्न सरकारसँग अनुरोध गर्दछु ।

आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था गर्न उनले सरकारसमक्ष मागसमेत गरेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१