बतासको बचाउमा कमल थापा, ‘चरित्रहत्या गर्नु ठीक हाेइन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नारायणहिटी संग्रहालय प्रकरणमा विवादित बनेको बतास समूहको बचाउ गरेका छन् ।

समूहका प्रमुख आनन्दराज बतासको प्रशंसासहित थापाले उनको चरित्रहत्या भइरहेको गुनासोसमेत गरेका छन् । आनन्दराज बतासलाई उनले सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनाएका छन् ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन् ‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन् । उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१