नेविसंघमा अधिवेशनको माग, बेवास्ता भए दबाबमूलक कार्यक्रमकाे चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अधिवेशनकाे माग गरी दबाबमुलक गतिविधि सुरु गरेकाे छ ।

विद्यार्थी नेताहरु दबाबमूलक गतिविधि अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् । उनीहरूले अभियान सञ्चालन गर्न समितिसमेत बनाइसकेकाे छन् । समितिमार्फत् एक सातादेखि दबाबमूलक गतिविधिको तयारी भइरहेको संयोजक तथा विद्यार्थी नेता ताराबहादुर थापाले जानकारी दिए ।

दबाबका कार्यक्रम तय गर्न उनीहरूले निरन्तर छलफल अघि बढाइरहेका छन् । विद्यार्थी नेताहरुले पार्टी समक्ष अधिवेशनको मागसहित ज्ञापन पत्र बुझाउने तयारी पनि गरिरहेकाे संयाेजक थापाले जानकारी दिए ।

उनले पार्टीले माग सम्बाेधन नगरे देशब्यापी रुपमा आफ्ना गतिविधि बढाउने पनि बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१