एकीकृत समाजवादीले गर्‍यो सभा, सम्मेलनका कार्यक्रम स्थगित

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले सभा, सम्मेलन जस्ता धेरै व्यक्ति उपस्थित हुने कार्यक्रम हाललाई स्थगित गरिएको बताएकाे छ ।

अध्यक्ष माधव कुमार नेपालले प्रेषित गरेको अपीलमा धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरू हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउनसमेत निर्देशन दिइएको छ ।

भाइरस संक्रमण हुन नदिन सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन सम्पूर्ण नेपालीलाई अपिल गरिएको छ । साथै, १८ वर्ष उमेर पूरा भएका व्यक्तिहरुलाई खोप लगाउन पनि अपिल गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१