नुवाकोटको वडा कार्यालयबाटै हरायाे पैसा, वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिका- २ की वडासचिव सरिता राउतसमेत तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

वडासिचव राउतसमेत कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध ५३ लाख १ हजार ८ सय ५६ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारका अनुसार वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि ल्याइएको रकम र विभिन्न शीर्षकमा उठेको राजस्व शंकास्पद रूपमा हराएको सम्बन्धमा अनुसन्धानका लागि उजुरी परेको थियो । उक्त उजुरीमा अनुसन्धान हुँदा राउत, गिरी र मिश्रको बदनियत देखिएको अख्तियारको ठहर छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१