उत्तर काेरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण

साेल । उत्तर कोरियाले सन् २०१७ यताकाे शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाका अनुसार स्थानीय समयानुसार बिहान ७ बजेर ५२ मिनेट जाँदा उत्तर कोरियाको पूर्वी समुद्री तटबाट क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

उत्तर कोरियाले यसै महिना मात्र गरेको यो सातौँ क्षेप्यास्त्र परीक्षण हो । प्रक्षेपणको जापान, अमेरिका र दक्षिण कोरियाले आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी र ब्यालेस्टिक तथा परमाणविक हातहतियार परीक्षणमाथि प्रतिबन्ध लगाएको छ । तर, लगातार सो प्रतिबन्धको अवज्ञा उत्तर काेरियाले गरिरहेकाे छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आइतबार प्रक्षेपण गरिएको इन्टरमेडिएट–रेन्ज ब्यालेस्टिक मिसाइल (आईआरबीएम) सन् २०१७ को नोभेम्बरयताकाे सबैभन्दा ठूलो क्षेप्यास्त्र भएको पुष्टि गरेको छ । याे जापानको जलीय क्षेत्रमा खसेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१