केशर पुस्तकालय निजी प्रयोजनका लागि दिने समाचारप्रति मन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजधानीको केन्द्र केशरमहलमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न नदिने बताएका छन् । आइतबार केशर पुस्तकालयको अवस्थाको निरीक्षण गर्दै मन्त्री पौडेलले पुस्तकालयको बाहिर रहेको जमिन निजी प्रयोजनका लागि दिन खोजिएको समाचारप्रति ध्यानाकर्षण भएको बताए ।

उनले कुनै पनि प्रकारको नीजि प्रयोजकका लागि शिक्षा मन्त्रालय मातहको भौतिक सम्पती प्रयोग गर्न नदिने उल्लेख गरे । मन्त्री पौडेलले कति कतै मन्त्रालय मातहतको भौतिक सम्पती व्यापारिक प्रयोजनका लागि प्रयोग भएको भए फिर्ता ल्याउने बताए । त्यस्तै उहाले भूकम्पबाट क्षति भएको पुस्तकालयको ६ महिनाभित्र पुननिर्माण हुने दावी गरे । बजेट लगाएको समस्या देखिए मन्त्रालयले समाधान गर्ने भन्दै उनले अनुगमनका क्रममा तोकिएको समयभित्रै पुननिर्माण गर्न निर्देशन दिइएको जानकारी दिए ।

अनुगमनका क्रममा मन्त्री पौडेले ऐतिहासिक बस्तुको संरक्षण गरि पुननिर्माण गर्न पनि निर्देशन दिएका थिए । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारजनले केशर पुस्तकालयसहित ३४ रोपनी जमिन सरकारलाई दान दिएपछि शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ । पुस्तकालयमा ६० हजारभन्दा बढी पुस्तक, महत्वपूर्ण सामग्री, पाण्डुलिपि, पेन्टिङ, तस्बिर, जनावरको ओखटोपहारसमेत रहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१