त्रिविको स्थगित परीक्षा फागुनमा हुने

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो ।

कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७