हराएकाे खाेपकाे खाेजीमा स्वास्थ्य मन्त्रालय, २१ माघभित्र विवरण बुझाउन निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ ।

पछिल्लाे समयमा २४ लाख डोज खोपको तथ्यांक नरहेको भनी सरकारको आलोचना भइरहेकाे छ । यही अवस्थामा सोमबार मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयकाे निर्देशनमा २१ माघ अपरान्ह ४ बजेभित्र कोरोनानभाइरसविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण बुझाउन भनिएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१