निर्वाचनकाे मिति ताेक्न माग गरी अनेरास्ववियूले जलायाे प्रधानमन्त्रीकाे पुत्ला

काठमाडाैं । समयमै निर्वाचनको मिति तोक्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियूले सोमबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गर्न अनेरास्ववियूले प्रदर्शन गरेको हो ।

निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियूले माघ १८ गते प्रतिकात्मक रुपमा सरकारका मन्त्रीहरु सहभागि कार्यक्रममा कालोझण्डा देखाउने र माघ १९ गते संघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१