सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित अन्य पदाधिकारी पक्राउ

काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गरी वन परिसर बबरमहलमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

फेकोफनका सचिव ठाकुर भण्डारीले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको जानकारी दिए । उनका अनुसार प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतमलगायत छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले संघीय वन नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै प्रदर्शन गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१