स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं । स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध एमाले निकट राष्ट्रिय युवासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

संघका सहसंयोजक संजिब कुमार सुरज झाको हस्ताक्षरमा अख्तियारीमा उजुरी दिइएको हो ।

मन्त्री खतिवडाले २४ लाख डोज कोरोनाविरुद्धको खोप हिनामिनाबाट २ अर्ब ४० करोड रुपैयाँ बराबर हिनामिना गरेको भन्दै संघले छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

हाल २४ लाख डोज खोप ‘गायब’ भएको सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले पनि छानबिन समिति गठन गरिसकेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७