महाकाली नदीमा पक्की पुल निर्माण गर्न नेपाल-भारतबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने अपेक्षा गरिएकाे छ ।

साथै, यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटी अनुरुप रहेको पनि बताइएकाे छ ।
उक्त पुलको निर्माण छिट्टै सुरु गरिने बताइएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१