कांग्रेस सांसद शाहकाे चुनावी तयारी : कृष्णनगरका मेयरसहित कार्यकर्तालाई गराए पार्टी प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसद अभिषेकप्रताप शाहले चुनावी तयारी थालेका छन् । उनले जिल्लाका सबै पार्टीलाई धक्का दिँदै कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहलाई पार्टी प्रवेश गराएका छन् ।

नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद शाहले पार्टीमा स्वागत गरेका छन् ।

शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । नगरप्रमुख शाह सांसद शाहका नातेदार हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१