काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय चर्चित गायिका लता मंगेशकरकाे निधनमा शाेक व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ‘दर्जनौँ लोकप्रिय नेपाली गीतमा आवाज दिनुभएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दु:खी भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
प्रधानमन्त्री देउवाले ‘दर्जनौँ लोकप्रिय नेपाली गीत’ भनेपनि उनले तीन वटामात्र नेपाली गीत गाएकी छिन् । उनले ‘आकाशको तिरमीर तारा म गन्न सक्दिन’, ‘जुन माटोमा जन्मेउ हामी’, ‘बाचुन्जेलीलाई’ बाेलकाे गीत गाएकी छन् ।
यद्यपी उनले आफ्नो सांगीतिक जीवनमा ३६ भाषाका गीतहरु गाएकी छन् ।