एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन द्धारा निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको छ ।

सोमबार सिंहदरबारमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भूसाललाई ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुले इन्धनको मूल्यमा बृद्धि भइरहेको अवस्थामा तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको हो । संगठनले सरकारले इन्धनको मूल्यबृद्धि गर्नमात्र नभई यसका अरु बिकल्पबारे योजना बनाउनुपर्ने जनाएको छ ।

त्यस्तै बिधुतिय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन पनि संगठनले मन्त्री भूसालको ध्यानाकर्षण गराएका छन् । नेपालमा बिधुतको उत्पादनमा जोड दिन सकिए सस्तोमा जनताका आवश्यकताहरु परिपूर्ति गर्न सकिने प्रशस्त आधारहरु रहेको अनेरास्ववियुको भनाई छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७