संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् ।

सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको हाे । १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको अस्पतालले बताएकाे छ ।

कोरोना भए/नभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक प्रा.डा. बज्रचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७