पाेर्न साइट हेर्न बेलायतमा अब यस्ताे कानुन

बेलायत । बेलायतमा अब पोर्न वेवसाइट हेर्न अनिवार्य उमेर खुलाउनुपर्ने भएको छ ।

इन्टरनेट सुरक्षासम्बन्धी बेलायतको नयाँ कानुनले पोर्न वेवसाइटहरुले प्रयोगकर्ताको उमेर अनिवार्यरुपमा प्रमाणित गर्नुपर्ने बनाएको हो । पाेर्न साइटबाट बालाबालिकालाई टाढा राख्न याे कानुनकाे निर्माण गरिएकाे हाे ।

नयाँ कानुनअनुसार १८ वर्षमाथिका प्रयोगकर्ताले आफ्नो उमेर पुष्टि गराएरमात्रै पोर्न वेवसाइट हेर्न सक्छन् ।

पोर्न वेवसाइटहरुले उक्त कानुनको उल्लंघन गरेको पाइए कूल कारोबारको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने कानुनमा उल्लेख भएकाे बीबीसीले समाचार छापेकाे छ । अनलाइन सुरक्षा विधेयक केही महिनापछि बेलायतको संसदमा पेश हुने बताइएको छ ।

एक अध्ययनका अनुसार बेलायतमा ११ देखि १३ वर्ष उमेरका आधा जति जनसंख्याले कुनै न कुनै रुपमा पोर्न वेवसाइट हेर्ने गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१