काठमाडौं । फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ । त्रिविले बिहीबार एक सूचना जारी गरेर यसबारे जानकारी गराएकाे हाे ।
त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको हाे ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि त्रिविका कक्षाहरू अनलाइन गरिएकाे थियाे ।