
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीले आइतबार प्रस्ताव दर्ता गराएका हुन् । प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेकाे बताइएकाे छ ।
प्रधानन्यायाधीश राणाले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेकाेलगायतका आराेप महाभियाेग प्रस्तावमा लगाइएकाे छ । प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता भएपछि पदबाट निलम्बित हुने प्रावधान छ । यद्यपि उक्त प्रस्ताव संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्छ ।
केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए । नेपाल बार एसोसिएसनले राणाकाे बहिर्गमन माग गरी अहिलेसम्म पनि आन्दोलन गरिरहेको छ ।