कुरानको अपमान गरेको आराेपमा पाकिस्तानमा एक व्यक्तिकाे निर्मम हत्या

काठमाडाैं । पाकिस्तानमा इस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको आराेपमा एक जनाको हत्या गरिएको छ ।

डन समाचार पत्रका अनुसार पाकिस्तानको पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषको हत्या गरिएकाे हाे ।

समाचारका अनुसार ती पुरुषले कुरानका केही पाना च्यातेको र पछि तिनलाई जलाएको आरोपमा स्थानीयले उनलाई रूखमा बाँधेर ढुंगाले हानी-हानी मारेका हुन् ।

पाकिस्तानमा बेला बेलामा ईशनिन्दा र कुरानको अपमान गरेको आरोपमा मानिसको हत्या भएका घटना सञ्चारमाध्यममा आउने गरेका छन् ।

गत डिसेम्बरमा पनि पन्जाब सियालकोटमा एक जना श्रीलंकन इन्जिनियरको ईशनिन्दाको आरोपमा हत्या गरिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१