गठबन्धनलाई ‘ठगबन्धन’काे संज्ञासहित विष्णु रिमालले भने- सोचेरै त हात छोडेका होलान् नि ?

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललले पाँच दलीय सत्ता गठबन्धनलाई ‘ठगबन्धन’काे संज्ञा दिएका छन् ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धनलाई’ ‘ठगबन्धन’को संज्ञा दिएका हुन् ।

उनले ‘हात छाेड्नेले साेचविचार गरेर नै छाेडेकाे त हाेलान् नि’ भनेर चेतावनीसमेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ ।’

अगाडि उनले भनेका छन्, ‘भनिन्छ नि, फर इन एभ्रि एक्सन, दियर इज आयन इक्वेल एण्ड अपोजिट रियाक्सन । हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१