एमसीसी संसदमा टेबुल हुनबाट कसैले राेक्न सक्दैन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन् ।

उनले भने, ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न । अब संसदमा एमसीसी बारे छलफल हुन्छ । पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ ।’  नेता पौडेलले प्रधानन्यायाधीस चोलेन्द्र सशमसेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको पनि बताए ।

जबरामाथि नेपाल बार एसोसियसन र न्यायाधीशहरुले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनु स्वभाविक भएकाे पाैडेलकाे भनाइ थियाे ।  ‘नेपाल बार र न्यायाधीशहरुले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो । उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउनुभएको थियो । तर, उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन’ पौडेलले भने ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१