काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव र अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अगाडि बढाउने विषय बैठकका मुख्य एजेण्डा छन् ।
बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्न सरकारलाई सुझाव दिने निर्णय लिइने बताइएकाे छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि मंगलबार दिउँसाेकाे लागि बाेलाइएकाे छ ।