प्रचण्ड-माधवप्रति बास्काेटाकाे टिप्पणी : एमसीसी सदनबाट पास र सडकबाट खारेज गर्छन्

काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न सहमति जनाएको भनी टिप्पणी गरेका छन् ।

सदनबाट एमसीसी पास गर्न सहमति जनाएर सडकमा प्रदर्शन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एस)का अध्यक्ष माधव नेपालले राष्ट्रवादको नयाँ भाष्य निर्माण गर्न खोजेको उनको टिप्पणी छ ।

‘देउवाले सय दिनमा चुच्चे नक्सालाई बुच्चे बनाए । अब पुष्पकमल र माधवले हप्तादिन जसोमा एमसीसी सदनमा ध्वनि मतबाट पास र सडकमा धुमधामले टायरसहितको मसाल जुलुस गरी खारेज गर्छन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘त्यसपछि राष्ट्रवादको नयाँ भाष्य निर्धारण हुन्छ । रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यही हो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१