शीर्ष नेताकाे छलफल, एमसीसी संसदमा पेश गर्ने तयारी

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा पेश गर्न‍े लगभग अन्तिम तयारी भएकाे छ ।

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको हाे ।

नेपाली कांग्रेसले संसदीय दलकाे बैठकबाट उक्त निर्णय गर्नुअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग छलफल गरी एमसीसी पेश गर्ने निर्णय गरेकाे स्राेतकाे दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन सभामुख अग्नि सापकोटालाई आग्रह गरिसकेका छन् ।

अवरूद्ध प्रतिनिधिसभा बैठक सञ्चालन गर्न र एमसिसीलाई संसदमा कसरी अघि बढाउने भन्ने विषयमा सोमबार सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकपछि सभामुख सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल हुन नरोक्ने बताएका थिए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१