
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्धमा उभिएको छ ।
एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादीका भातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको हाे ।
बुधबारकाे प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुनुअघि ११ बजे विरोध जनाउने उनीहरुले बताएका छन् ।
यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने उनीहरुकाे भनाइ छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पटक-पटक एमसीसी संशाेधन हुनुपर्ने बताउँदै आएका थिए ।