काठमाडौं उपत्यकाबाट दुई दर्जन बढी बन्दकर्ता पक्राउ

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा जबरजस्ती बन्द गराउँदै हिँड्ने २ दर्जनभन्दा बढी बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन् ।

बुधबार मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द आह्वान गरेका छन् ।

बन्दकाे आह्वानपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । उपत्यकामा बन्दकाे खास प्रभाव परेकाे छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७