बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एकसाता अघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् ।

त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१