
काठमाडौं । ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हाे ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका हुन् ।
अभियान्ता बाट सरकारलाइ सचेत गराइराख्ने ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा जोडिएकाे हाे ।
राजेन्द्र लिङ्देनले एउटै विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समावेस गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए ।
सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो ।