• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमालेकाे अवराेधकाबीच प्रतिनिधिसभा बैठक, अर्काे बैठक आइतबार बस्ने

  • २०७८ फागुन ६, शुक्रबार ०८:०४

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेर सञ्चालन भएर स्थगित भएको छ ।

शुक्रबारकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोधलाई कायम राखेकाे छ । एमाले अवरोधबीच प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि तय भएकाे सभामुखले जानकारी गराएका छन् ।

  • २०७८ फागुन ६, शुक्रबार ०८:०४