नेपालकाे उत्कृष्ट बलिङ, ओमानमाथि शानदार जित

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले ओमानविरुद्ध शानदार जित निकालेकाे छ ।

नेपालले ओमानलाई ३९ रनले पराजित गरेकाे हाे । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्याे ।

खेलमा नेपालले सुखद् सुरुवात गर्न सकेकाे थिएन । नेपालले सुरुवातमा आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमै गुमाएको थियाे ।

त्यसपछि आएका ज्ञानेन्द्र मल्लले १५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ११ रनमा पभेलियन फर्किए । धर्मराएको नेपालको ब्याटिङ लाइन आरिफ शेखले सम्हालेका थिए । उनले ३८ रन बनाएका थिए । त्यसबाहेक लोकेश बम र कप्तान सन्दीप लामिछानेले समान १६ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको ओमनका ओपनर कश्यप प्रजापतिलाई रन नजोड्दै कमलसिंह ऐरीले आउट गराए । त्यस्तै, आयन खान ३ रनमा आउट हुँदा जतिन्दरसिंह ९ रनमा पभेलियन फर्किए । ओमनका सुरुवाती ५ ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न नसक्दा नशिम खुशीले १८ बलमा १ चौका र २ छक्काको सहायतामा ओमनको पारी उकासेका थिए ।

नेपालले अर्को खेलमा शनिबार फिलिपिन्सको सामना गर्नेछ । अर्काे खेल साेमबार क्यानडासँग खेल्नेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१