काठमाडाैंबाट ३७ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट प्रहरीले ३७ जना चिनियाँ नागरिक पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले साेमबार राती उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अवैध कल बाइपासमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे हाे ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ । उनीहरुबारे थप जानकारी आउन बाँकी छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७