राप्रपामा शाहीले पाए प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी

काठमाडाैं । केही दिन अघिमात्र राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले पार्टीभित्र जिम्मेवारी पाएका छन् । शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् ।

फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाले पार्टीमा भित्र्याएको अध्यक्ष लिङ्देनले बताएका थिए ।

भ्रष्टाचारविरोधी छवि बनाएका शाहीलाई सोहीअनुसार राप्रपाले सुशासन विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१