वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पिसीआर परीक्षण नि:शुल्क

काठमाडाैं । वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पिसीआर परीक्षण नि:शुल्क हुने भएको छ ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुती दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।

अबदेखि सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निशुल्क पिसीआर परिक्षण हुनेछ । तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१