अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् ।
उनले भने’सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु।प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ’ खानले विज्ञप्तिमा उल्लेख गरेका छन्। आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ: अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।
गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ ।
यसै बीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् ।